Techie IT
Samayabaddha
सोमबार, २४ चैत्र, २०८१

निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी


काठमाडौं, २५ चैत । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिइएको छ ।

गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले नाम सिफारिस गर्न ढिलाई गरेपछि अर्थ मन्त्रालयले तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी दिएको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेको उनको सचिवालयले जनाएको छ ।

गभर्नर नियुक्ति सिफारिस गर्न अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट