एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं, २६ चैत। एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका सात लाख १४ हजार ९५० कित्ता संस्थापक सेयर बिक्री गर्न लागिएको हो । संस्थापक सेयर कसले बिक्री गर्न लागेको खुलेको छैन ।
बैंकमा भएका संस्थापकको हुने गरी सेयर बिक्री गर्न लागिएको छ । आउँदो वैशाख ९ गतेभित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडमा प्रस्ताव पेस गर्न बैंकले भनेको छ ।
बैंकको संस्थापक सेयर प्रतिकित्ता न्यूनतम मूल्य १९० रुपैयाँ तोकिएको छ । न्यूनतम एक हजार कित्ता सेयर खरिद गर्नुपर्ने बैंकले जनाएको छ ।
बिक्रीका निम्ति यसअघि खुला गरिएकामा आवेदन नपरेपछि रोकिएको थियो । पुनः बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया