Techie IT
Samayabaddha
बिहीबार, ४ वैशाख, २०८२

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढ्यो


काठमाडौं, २७ चैत । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पाँच रुपैयाँ बढेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट