Techie IT
Samayabaddha
बिहीबार, ४ वैशाख, २०८२

नेप्से परिसूचक ९.६६ अंकले बढ्यो


काठमाडौं, २७ चैत । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ९.६६ अंकले बढेको छ । आज नेप्से परिसूचक २,६७६. २८ विन्दुमा पुगेर बन्द भएको छ ।

कारोबार रकममा भने कमी आएको छ । मंगलबारको तुलनामा कारोबार रकम ८२ करोड रुपैयाँले घटेको छ । आज चार अर्ब ४८ करोड ४६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार पाँच अर्ब ३० करोड ९५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज १५४ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ९० कम्पनीको सेयरमूल्य घटेको छ । लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य स्थिर छ ।

मंगलबारबाट कारोबारमा आएको नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर २६५ रुपैयाँ ७० पैसा पुगेको छ । विन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.९९ प्रतिशतले बढेर तीनहजार २३८ रुपैयाँ ५१ पैसा पुगेको छ ।

सिन्धु विकास बैंकको सेयर मूल्य ७.४७ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ समूहमध्ये वाणिज्य बैंक र व्यापार समूहको परिसूचक घटेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशतले वृद्धि भएको छ ।

वाणिज्य बैंक समूहको परिसूचक ०.०३ प्रतिशत र व्यापार समूहको परिसूचक ०.४० प्रतिशतले घटेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट