पियोर इनर्जी लिमिटेडको आईपीओ खुल्यो

काठमाडौं, २८ चैत । पियोर इनर्जी लिमिटेडले बिहीबार (चैत २८ गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले बिहीबार बैंकिङ समय (१० बजे) देखि आवेदन दिन सकिनेछ । सर्वसाधारणका लागि कम्पनीले ११ लाख ९५ हजार २०० कित्ता आईपीओ निष्कासनमा ल्याएको हो ।
कम्पनीको आईपीओमा २०८२ वैशाख २ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा वैशाख ११ गतेसम्म आईपीओमा आवेदन अवधि थप गरिनेछ ।
आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया