Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

ट्रम्प कर वृद्धिबाट पछि हटेपछि ईयूद्वारा अमेरिकाविरुद्धको प्रतिशोधात्मक भन्सार शुल्क स्थगित


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि भन्सार वृद्धि रोकेपछि युरोपेली युनियन (ईयू) ले अमेरिकाविरुद्धको प्रतिशोधात्मक भन्सार शुल्क स्थगित गरेको छ ।

चीनबाहेक सबै देशहरूका लागि ट्रम्पको विश्वव्यापी १० प्रतिशत आधारभूत शुल्क कायमै छ । अमेरिकामा प्रवेश गर्ने सबै आल्मुनियम, स्टील र कारहरूका लागि २५ प्रतिशत दर पनि कायमै छ ।

ट्रम्पले चिनियाँ सामानमा १२५ प्रतिशत कर लगाएपछि बेइजिङ र वाशिङ्गटनबीचको व्यापार युद्ध झनै गहिरिँदै गएको बीबीसीले जनाएको छ । चीनले पनि अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाएर बदला लिएको छ ।

यसैबीच चीनले अमेरिकी राष्ट्रपति ट्रम्पको करनीतिविरुद्धको लडाइँमा गरेको साझेदारीको प्रस्तावलाई अस्ट्रेलियाले अस्वीकार गरेको छ । अमेरिकाले अस्ट्रेलियाली सामानहरूमा पनि १० प्रतिशत कर लगाएको छ ।

अस्ट्रेलियाका लागि चीनका राजदूत सियाओ कियानले अस्ट्रेलियासँग सहकार्यका लागि अपील गर्दै संयुक्त विरोध नै अमेरिकाको आधिपत्यवादी र डरलाग्दो व्यवहार रोक्ने एकमात्र तरिका रहेको बताएको खबरमा उल्लेख छ ।

यद्यपि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अस्ट्रेलियालीहरूले आफ्नो पक्षमा बोल्ने बताएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ

प्रतिक्रिया


ताजा अपडेट