Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

शेयर बजारमा सामान्य वृद्धि


काठमाडौं, ३ वैशाख । शेयर बजारमा सामान्य वृद्धि भएको छ । बजारमापक परिसूचक नेप्से बुधबार ९.७५ अंक बढेर २६९८.९७ को बिन्दुमा पुगेको छ ।

बुधबार दुईपटक नेप्से २७०० माथि पुगेर फेरि तल झरेको हो । सवा ११ बजे र साढे २ बजे नेप्से २७०० नाघेको थियो । तर, उतारचढावपूर्ण बजारमा बजार बन्द हुने समयमा मात्र ९ अंकको वृद्धि भयो ।

बुधबार दुईपटक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोको मूल्य १० प्रतिशतले बढ्यो भने अन्य तीनवटा कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको थियो ।

१७४ कम्पनीको शेयरमूल्य बढ्दा ९७ कम्पनीको शेयरमूल्यमा भने गिरावट आयो । दुई कम्पनीको मूल्य यथावत् रह्यो । बुधबार ७ अर्ब २६ करोड रुपैयाँबराबरको कारोबार भएको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट