Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

गभर्नर बन्ने सुनिश्चित भएसँगै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिए पदबाट राजीनामा


काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने सुनिश्चित भएसँगै भट्टले राजीनामा दिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर बनाउने समझदारी भएको विषय चर्चामा छ ।

शुक्रबार नै गभर्नर सिफारिसका लागि सरकारले गठन गरेको अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिको बैठक बस्ने तयारी छ । बैठकले गभर्नरका लागि भट्टसहित तीन जनाको नाम सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद्को बैठकले नयाँ गभर्नर नियुक्त गर्नेछ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट