Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

तेस्रो त्रैमासमा बैंकहरूको औसत खराब कर्जा ४.८३% पुग्यो, १० बैंक ५% भन्दा माथि


काठमाडौं – तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकहरूको औसत खराब कर्जा ४.८३ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जाको औसत ३.६५ प्रतिशत थियो। रिपोर्ट अनुसार १० वाणिज्य बैंकहरूको खराब कर्जा नेपाल राष्ट्र बैंकले तोकेको ५ प्रतिशत सीमा भन्दा माथि छ। बैंकहरूलाई चौथो त्रैमाससम्म NPL सुधार गर्न विशेष योजना र रणनीति अपनाउन आवश्यक छ।

खराब कर्जा वृद्धि हुनु भनेको बैंकको कर्जा लगानी जोखिमपूर्ण बन्दै गएको संकेत हो, जसले बैंकको नाफा, पूँजी संरचना, तरलता, र समग्र वित्तीय स्थायित्वमा गम्भीर असर पार्न सक्छ।

Non-performing loan (NPL) वृद्धि भएमा बैंकहरूले बढी Loan Loss Provision (कर्जा घाटा सुरक्षित कोष) छुट्याउनुपर्दछ, जसले नाफा घटाउँछ र वित्तीय स्वास्थ्य कमजोर बनाउँछ। यस्तो अवस्थामा राष्ट्र बैंकले Prompt Corrective Action (PCA) को माध्यमबाट निगरानी कडा बनाउने, लाभांश वितरण रोक्ने, शाखा विस्तारमा प्रतिबन्ध लगाउने, तथा व्यवस्थापनमै हस्तक्षेप गर्ने जस्ता उपायहरू अपनाउन सक्छ। नियम उल्लंघन गरिरहेमा विलय वा पुनर्संरचना जस्ता विकल्प पनि अघि सार्न सकिन्छ।

चौथो त्रैमासमा रिपोर्ट सुधार गर्न बैंकहरूले कर्जा असुली प्रक्रियालाई तीव्र बनाउन, उच्च खराब जोखिम भएका क्षेत्रहरूमा नयाँ कर्जा विस्तारलाई कडाइ गर्न, पुनर्संरचना भएका कर्जाहरूको प्रभावकारी अनुगमन गर्न र आन्तरिक जोखिम व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउनु आवश्यक देखिन्छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट