नेप्से परिसूचक ७. ७५ अंकले घट्यो

काठमाडौं, ८ वैशाख । नेप्से परिसूचक आज ७. ७५ अंकले घटेर २६९८.२८ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.१६प्रतिशतले घटेर ४५५.८१ विन्दुमा पुगेको छ।
नेप्से घटे पनि कारोबार रकम भने आइतबारको तुलनामा बढेको छ। आइतबार ८ अर्ब ४३ करोड मूल्य बराबरको सेयर कारोबार भएकमा आज ८ अर्ब ७७ करोड बढीको कारोबार भएको हो। यसदिन ३१९ स्क्रिप्सक २ करोड १२ लाख ३ हजार ७६६कित्ता सेयर ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २९३ रुपैयाँमा खरिदबिक्री भए।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर ९.९९ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८,युनिभर्सल पावरको ९.८० र नेपाल हाइड्रो डेभलपर्सको ९.०७ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा नगदी ग्रुप अग्रस्थानमा रह्यो। सो कम्पनीको ८ अर्ब ७७ करोड ५७ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
युनिभर्सल पावरले ५२ करोडको कारोबार गर्दा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको ४३ करोड, हिमालयन पावरको ३५ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ३१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ११२ स्टक्सको मूल्य बढ्दा १३३ वटाको घट्यो। बाँकी एक स्टकको मूल्य भने स्थिर रह्यो। ६ समूहको उपसूचक बढ्दा ७ समूहको उपसूचक सूचक भने नकारात्मक देखिएका छन्। ट्रेडिङ समूहको उपसूचक सर्वाधिक १.५२ प्रतिशतले घट्यो।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया