Techie IT
Samayabaddha
शनिबार, १३ वैशाख, २०८२

सुनको मूल्य एक हजार रुपैयाँले घट्यो


काठमाडौँ, १२ वैशाख । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको भएको हो ।

बिहीबार छापावाल सुन तोलामा एक लाख ९० हजार ६०० रुपैयाँ कायम रहेकोमा शुक्रबार एक लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । अघिल्लो दिन तोलामा दुई हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै दुई हजारमा कारोबार भएको हो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट