झिनो अंकले बढ्यो नेप्से

काठमाडौं, १४ वैशख । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ३.५८ अंकले बढेर २,६६१.६० विन्दुमा बन्द भएको हो ।
यसदिन कारोबार रकम तीन अर्ब रुपैयाँ बढेको छ । आज १० करोड ८७ करोड ५९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गत बिहीबार सात अर्ब ८७ करोड ९३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज १०४ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै, १४१ कम्पनीको सेयरमूल्य घटेको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९।९९ प्रतिशतले वृद्धि भएको छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.०२ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका १३ मध्ये ६ कम्पनीको सेयरमूल्य बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया