Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

आयुमी तामाङको ‘आफैंलाई’ सार्वजनिक


काठमाडौँ, १६, मङ्सिर । अष्ट्रेलियालाई कर्मभूमि बनाइरहेकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफैंलाई’ सार्वजनिक गरेकी छिन् ।

आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमकाबीच उनले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ ।

गीतको भिडियो थोमसको निर्देशनमा तयार गरिएको हो । भिडियोमा गायिका तामाङले अभिनेता कुन्साङ बम्जनसँग अभिनय गरेकी छिन् । आयुमी दुई वर्ष अगाडि ‘जाने भए’ बोलको गीत सार्वजनिक गर्दै नेपाली सङ्गीतमा प्रवेश गरेकी थिइन् ।

सङ्गीतमा उनी आफ्नो परिवारको तेस्रो पुस्ता हुन् । उनकी हजुरआमा धनमाया तामाङ गण्डकी क्षेत्रका चर्चित ठाडी भाका, ढिलो भाका तथा दाँइ गीतजस्ता गीतकी लोकगायिका थिइन् भने बाजे लोकबहादुर तामाङ लोकगायक थिए ।

आयुमाका बाबु आशबहादुर तामाङ रचनाकार, लोकगीत सङ्कलकका रुपमा परिचित छन् । नयाँ गीतका बारेमा बोल्दै आयुमीले ‘आफैँ’लाई प्रेम वा विछोडको नभई आशावादी गीत भएको बताइन् ।


क्याटेगोरी : मनोरञ्जन

प्रतिक्रिया


ताजा अपडेट