Techie IT
Samayabaddha
शनिबार, १३ वैशाख, २०८२

झिल्को फिल्ममा मोबाइलको लतले बालबालिकामा पार्ने असरको विषय


काठमाडौं, ११ वैशाख । चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा मोबाइलले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असर समेटिएको छ ।

डिजिटल उपकरणप्रतिको लतले बालबालिकाको स्वास्थ्यमा पार्ने प्रत्यक्ष असर र अस्पताल भर्ना हुने अवस्था पनि ट्रेलरमा देखिन्छ ।

स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता र अभिभावक तथा सन्तानबीच बढ्दो दूरीको कथा सिनेमाले भन्ने संकेत गरेको छ ।

वैशाख १९ गते रिलिज हुने चलचित्रको प्रमुख कलाकारमा आयुषी ढकाल छिन् । उनीसँगै सुनील पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटालगायत कलाकारको अभिनय छ ।

चलचित्रलाई यादवकुमार भट्टराईले निर्देशन गरेका छन् ।


क्याटेगोरी : मनोरञ्जन

प्रतिक्रिया


ताजा अपडेट