Techie IT
Samayabaddha
आईतबार, २५ फागुन, २०८१

जनकपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाज एउटा पाङ्ग्रा बिना नै अवतरण


काठमाडौं, २३ फागुन । बुद्ध एयरको जनकपुरबाट काठमाडौं आएको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको छ।

बिहीबार जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको हो। काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

विमानस्थलको रनवेको टर्निङमै ल्यान्डिङ गेयर भेटिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । जहाज सुरक्षित अवतरण गरिसकेको छ। जहाजमा ६२ जना यात्रु थिए।


क्याटेगोरी : रोचक

प्रतिक्रिया


ताजा अपडेट