प्राकृतिक रुपमा पाचनप्रणाली सुधार गर्ने ११ तरिका
स्वस्थ रहनका लागि मानिसहरु विभिन्न कुरा अपनाइरहेका हुन्छन् । खानपानको शैलीदेखि व्यायामसम्मका कुरा यसमा पर्छन् । तर स्वस्थ रहनका लागि चलिरहेको आहार तथा जीवनशैली परिवर्तन गरे मात्रै पनि पुग्छ ।
तारेको चिल्लो मसालेदार खानेकुरा तथा जंकफुड कम र फाइबरको स्रोत भएका खानेकुरा बढी खाँदा पाचनप्रक्रिया चुस्त-दुरुस्त रहन्छ । पाचनप्रणाली स्वस्थ हुनु भनेको समग्र शरीर स्वस्थ रहनु हो ।
किनकि सबैले कुनै न कुनै समयमा पाचनसम्बन्धी समस्या अनुभव गर्छन् । जस्तै- पेट दुख्नु, अपच, ग्यास्ट्रिकले मुटु पोलेको जस्तो हुनु, चक्कर लाग्नु, कब्जियत र डायरिया हुनु ।
यी समस्याबाट छुटकारा पाउने उपाय हो, आहारमा परिवर्तन ।
के छन् उपाय ?
होलग्रेन
गहुँ, मकै, जौ, गेडागुडीलाई होलग्रेन अर्थात् सम्पूर्ण अन्न भनिन्छ । यी खानेकुरा प्रशोधन नगरिएका हुनाले भरपुर मात्रामा पौष्टिक तत्व पाइन्छ । अर्कोतर्फ, उच्च–प्रशोधित खानाहरू प्रायः परिष्कृत कार्बोहाइड्रेट र संतृप्त फ्याट हुन्छन् । प्रशोधित खानाले पाचन समस्या निम्त्याउन सक्छ । यस्ता खानामा हुने नुन, रसायन र ग्लुकोजले पेटको भित्तालाई सुन्नाउन सक्छ, जसले आन्द्राको कार्यमा अवरोध सिर्जना गर्छ ।
केही प्रशोधित खाानेकुरामा हानिकारक ट्रान्सफ्याट हुन्छ । तेलमा पकाइएको मकै, तारेको फेन्चफ्राइ, मासु जस्ता परिकार र आलुचिप्स तथा अन्य प्याकेटमा पाइने जंकफुडमा हानिकारक ट्रान्सफ्याट हुन्छ । यस्ता ट्रान्सफ्याट पेटलाई मात्र नभई मुटु स्वास्थ्यका लागि पनि हानिकारक छ ।
त्यसैले प्रशोधित खानेकुरा किन्नुभन्दा अघि प्याकेटमा समावेश गरिएको विवरणमा ट्रान्सफ्याट फ्री छ कि छैन हेर्नुपर्छ ।
त्यस्तै, कम क्यालोरी भएका पेय तथा आइसक्रिमहरुले पनि पाचनमा समस्या ल्याउन सक्छ । कृत्रिम मिठाई पनि पेटमा हानिकारक ब्याक्टेरिया बढाउन जिम्मेवार मानिन्छ । यस्ता जीवाणुको सन्तुलन बिग्रिएमा अल्सर तथा अन्य दीर्घरोगको जोखिम बढाउँछ ।
उच्च पोषक तत्व भएका खानेकुराले शरीरलाई पोषण मात्र दिंदैन । पाचनरोगबाट पनि बचाउँछ ।
फाइबरको मात्रा प्रशस्त बढाउनुहोस्
फाइबरले पाचन सहज पार्छ । घुलनशील फाइबरले पानीलाई सोस्छ र अनावश्यक तत्व दिसा मार्फत बाहिर पठाउँछ । नघुल्ने फाइबरले पेटमा रहेका जति पनि वस्तु छन्, त्यसलाई यथावत् राख्ने काम गर्छ ।
घुलनशीलमा ओट्स, गहुँ, जौ, बोडी, काउली, सखरखण्ड, गाँजर जस्ता तरकारी र प्राय: फलफूल पर्छन् । केही फलफूल र तरकारी नघुल्ने फाइबरमा पनि पर्छन् । सम्पूर्ण अन्न, बदाम, केरा जस्ता खानेकुरा अघुलशील फाइबरको राम्रो स्रोत हुन् ।
नेसनल लाइब्रेरी अफ मेडिसिन जर्नरलमा उल्लेख भएअनुसार स्वस्थ पाचनका लागि १९ देखि ५० वर्षसम्मका महिलाले दैनिकरुपमा २५ ग्राम फाइबर खानुपर्छ । पुरुषको हकमा ३८ ग्राम जति दैनिक खानुपर्छ ।
यस्ता फाइबरले आन्द्राको क्यान्सर, कब्जियत र इन्फालमेटरी बाउल डिजिज जस्ता समस्याको जोखिम कम गर्छ ।
प्रि-बायोटिक धेरै फलफूल, तरकारी र अन्नमा पाइन्छ, जुन फाइबरको उच्च स्रोत हो । यसले पेटमा राम्रो ब्याक्टेरिया बढाउँछ ।
आहारमा स्वस्थ बोसो समावेश गर्नुहोस्
राम्रो पाचनका लागि खानेकुरामा स्वस्थ बोसोको मात्रा हुनुपर्छ, जसले खानेकुरा खाएपछि सन्तुष्टको अनुभूति दिन्छ । भिटामिन ए, डी, ई र केलाई सोस्न पनि स्वस्थ बोसो आवश्यक पर्छ ।
केही अध्ययनले ओमेगा फ्याटी एसिडले इन्फालमेटरी डिजिज, अल्सर जस्ता समस्या कम हुने देखिन्छ । तर थप अध्ययन बाँकी छ । ओमेगा-३ फ्याटी एसिडमा चियासिड, माछा र ओक्खर जस्ता खानेकुरा पर्छन् ।
हाइड्रेट रहनु
कब्जियत गराउने एउटा कारण हो, कम तरलता भएका खानेकुरा खानु । यी तरलता शुद्ध पानी, अन्य पेय, फलफूलबाट प्राप्त हुन्छ । गर्मीयाम र शारीरिक कसरत बढी गर्नेका लागि अन्यको तुलनामा बढी लाग्छ ।
पानी बाहेक काँक्रो, ब्रोकाउली, स्याउ र सुन्तलामा पनि प्रशस्त मात्रामा पाइन्छ ।
तनाव कम गर्ने
खानेकुराले मात्र होइन, पेटलाई पनि तनावले असर गर्छ । दिमागमा जे प्रभाव पार्छ । त्यसको सोझो असर पेटमा पर्छ ।
तनावले कोर्टिसोल हार्मोनको स्तर बढाउँछ । स्तर बढ्दा पाचनलाई सिधा असर गर्छ । तनावले पाचनशक्ति र रक्तसञ्चारलाई अन्तै ध्यान केन्द्रित गराउँछ । र, खानेकुरा पच्दैन ।
तनाव व्यवस्थापन, ध्यान जस्ता कुराले दिमागलाई शान्त राख्छ, जसले पाचनलाई पनि स्वस्थ राख्छ ।
ध्यानपूर्वक खाने
खाने समयमा छिटो खाने र खानेकुरामा केन्द्रित नहुँदा अपच र ग्यास हुनसक्छ । त्यसैले खानेकुरा सधैं खाँदा बिस्तारै चपाएर खाने, फाइबर, फ्याट, भिटामिन, कार्बोहाइड्रेट र प्रोटिन जस्ता खानेकुरा मात्रा मिलाएर खानुपर्छ ।
खानेकुरा चपाएर खाँदा सानो-सानो भाग हुन्छ, जसलाई पाचनरसले पचाउन मद्दत गर्छ । थोरै चपाएर खाँदा पाचनरस कम निस्कन्छ । र, पाचनशक्ति पनि कम सक्रिय हुन्छ । र, आवश्यक पोषण शरीरले पाउँदैन ।
पाचन प्रणाली सुधार गर्नका लागि अपनाउनुहोस् यी १० टिप्स
चलायमान रहने
दैनिक व्यायामले पनि पाचनमा सुधार ल्याउँछ । व्यायामले खानेकुरा पाचनका लागि सबै भागमा पठाउन मद्दत गर्छ । त्यसैले चिकित्सकले खाएपछि एकछिन बिस्तारै हिंड्न सुझाव दिन्छन् ।
अध्ययनहरुले पनि खाना खाएपछि हल्का खालको व्यायाम गर्नाले पाचनशक्तिको गति बढाउने देखाउँछ ।
शरीरको कुरा सुन्ने
यदि भोकमा ध्यान नदिई खाँदै नखाने वा टन्न खाने बानीले पाचन समस्या ल्याउँछ । दिमागलाई पेट टन्न भएको अनुभव गर्न २० मिनेट लाग्छ । किनकि पेटमा पुगेको खानेकुरालाई प्रतिक्रिया दिन दिमागबाट हार्मोन निस्कन ढिलो हुन्छ ।
त्यसैले बिस्तारै खाँदा दिमागले पनि कति खानेकुरा पेटमा गइरहेको भन्ने कुराको भेउ पाउँछ ।
जीवनशैली परिवर्तन
धुम्रपान, मदिरापान र रातमा अबेरसम्म जागेर खानेकुरा खाने बानीले पेटमा मात्र होइन, समग्र स्वास्थ्यमा असर गर्छ ।
धुम्रपान र मदिरापानले आन्द्रासम्बन्धी विकारहरु विकास हुने एक प्रमुख कारण धुम्रपान हो । धुम्रपान गर्नेहरुलाई ग्यास्टाइटिस, पेटको अल्सर, सुन्निने समस्याको जोखिम हुन्छ । जसले उनीहरुको पेट वा आन्द्रामा अल्सर निम्त्याउन सक्छ । धुम्रपानले पेट खाली गर्न ढिलो हुने र पेरिस्टालिसिस सुस्त हुनसक्छ ।
अबेर खाने बानी
राति भरपेट खाने, खानासाथ ओछ्यानमा पल्टिने बानीले हाम्रो पाचनयन्त्रलाई खराब बनाउँछ । खाना पचाउन शरीरलाई समय चाहिन्छ । खानेकुरा सही दिशामा जान गुरुत्वबल चाहिन्छ ।
मूलभूत कुरा
सरल आहार र जीवनशैली परिवर्तनले पाचन प्रणाली सुधार गर्न मद्दत गर्न सक्छ । त्यसैले फाइबर, स्वस्थ बोसो र पोषक तत्वयुक्त खानेकुरा खानुपर्छ । खाना खाँदा ध्यानपूर्वक, चपाएर, बिस्तारै खानुपर्छ । तनाव कम गर्ने व्यायाम जस्ता अभ्यास पनि लाभदायक हुनसक्छन् ।
क्याटेगोरी : स्वास्थ्य
प्रतिक्रिया