Techie IT
Samayabaddha
सोमबार, १४ माघ, २०८१

स्वास्थ्य बिमा रकम पाँच लाख पुर्‍याइने


भक्तपुर, १४ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक लाख रुपैयाँको स्वास्थ्य बिमा रकम वृद्धि गरी पाँच लाख पुर्‍याइने बताएका छन् ।

आइतबार यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बिमामा पाँच लाख रुपैयाँको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।”

उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बिमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बिमा रकम पाँच लाख पुर्‍याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको भनाइ छ । रासस


क्याटेगोरी : स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट