Techie IT
Samayabaddha
मंगलबार, ४ चैत्र, २०८१

दमौलीको व्यास नगरपालिकास्थित शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका दस जनामध्ये एकको मृत्यु


दमौली, ५ चैत । जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एकजनाको मृत्यु भएको छ ।

म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

उनका अनुसार बिरामी परेका नौजनाको अवस्था खतरामुक्त छ । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए । रासस


क्याटेगोरी : पालिका, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट