गुल्मीको सिमीचौरमा स्काभेटर दुर्घटना, चालक घाइते

रेसुंगा, २६ चैत। गुल्मीको सिमीचौरमा स्काभेटर दुर्घटना भएको छ । दुर्घटनामा चालक दाङ लमही नगरपालिका–१ का ३० वर्षीय यंकबहादुर मगर घाइते भएका छन् । उनको टाउको, ढाड र दाँया खुट्टामा चोट लागेकाले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रेसुंगा नगरपालिका–१० मा देउराली–सिमिचौर एयरपार्ट पक्की सडकखण्डको फाउण्डेशन खन्ने क्रममा स्काभेटर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता गंगाबहादुर सारुले जानकारी दिए ।
इन्द्र एम के जेभीकोले सडक निर्माणको काम गरिरहेको छ । फाउण्डेसन खन्ने क्रममा अचानक माटो भाँसिएपछि लु १ क ५६७९ नम्बरको स्काभेटर दुर्घटनामा परेको प्रवक्ता सारुले बताए ।
सडकमै स्काभेटर दुर्घटना भएकाले केहीदिन ठुला गाडीहरु सञ्चालन नहुने रेसुंगा नगरपालिका–१० का वडाध्यक्ष राम बहादुर बस्नेतले बताए ।
क्याटेगोरी : स्वास्थ्य
प्रतिक्रिया