काठमाडौंबाट रामेछाप जाँदैगरेको बस काभ्रेको रोशीमा दुर्घटना, ११ जना घाइते

काठमाडौं, २८ चैत । काठमाडौंबाट रामेछाप गइरहेको बस काभ्रेमा दुर्घटना भएको छ । आज बिहान ८ बजेतिर भएको उक्त दुर्घटनामा परी ११ जना घाइते भएका छन् ।
काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको बस काभ्रेको रोशी गाउँपालिका ९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको हो ।
दुर्घटनाका घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र मंगलटालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : पालिका, स्वास्थ्य
प्रतिक्रिया