ललितपुरको ‘विश्वास नेपाल रिह्याब सेन्टर’मा एक पुरूषको मृत्यु

ललितपुर, १४ वैशाख । ललितपुरको सुधार केन्द्रमा रहेका एक पुरूषको मृत्यु भएको छ।
गोदावरी नगरपालिका ४ बाडेगाउँस्थित विश्वास नेपाल रिह्याब सेन्टरमा एक जना पुरूषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिए।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका आरूबारी घर भएका ४८ वर्षीय दावा घिसिङको मृत्यु भएको हो। मध्यपान दुर्व्यसनी उनलाई तीन दिन अघि मात्रै त्यहाँ लगिएको थियो।
शनिबार राति साढे १० बजेतिर उनको मुखबाट फिज निस्किएपछि उपचारका लागि भनेर उक्त रिह्याबका सञ्चालकसहित तीन जनाले बाडेगाउँस्थित नमस्ते अस्पतालमा पुर्याएका थिए।
उपचारको क्रममा चिकित्सकले राति ११ बजेतिर मृत घोषणा गरेको एसपी रेग्मीले बताए। उनका अनुसार मृतक घिसिङलाई सात महिना अघि पनि त्यही रिह्याबमा लगिएको थियो।
प्रहरीले यसको अनुसन्धान अघि बढाएको छ।
क्याटेगोरी : स्वास्थ्य
प्रतिक्रिया