भारतीय कश्मीरमा पूर्व सरपञ्चको हत्या, दुई घाइते
भारत प्रशासित कश्मीरमा शनबिार राति उग्रवादीको आक्रमणमा एकजनाको मृत्यु हुनुका साथै अन्य दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार सोपियामा भएको एक घटनामा ऐजाज अहमद नामका एक व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
दोस्रो घटना अनन्तनागको भएको र सो घटनामा उग्रवादीकोे गोली लागी दुई पर्यटक घाइते भएको जनाइएको छ । दुवैलाई अस्पतालमा भर्ना गरिएको छ ।
जम्मू कश्मीरको पाँच सिटमा पाँचौँ चरणमा मतदान हुन गइरहेको छ । १३ मे का दिन श्रीनगरमा लोकसभा सिटका लागि मतदान भएको थियो । बारामूला लोकसभा सिटमा मतदान २० मे का दिन हुन गइरहेको छ ।
प्रहरीले पछिल्लो दुवै आक्रमणस्थललाई घेरेर आक्रमणकारीको खोजी थालिएको जनाएको छ । शनिबार राति १० बजे अनन्तनागको यान्नारमा रहेको खुला टुरिस्ट क्याम्प इलाकामा आक्रमण भएको थियो भने आधा घण्टापछि सोपिया क्षेत्रमा आक्रमण भएको थियो । मारिएका व्यक्ति पूर्व सरपञ्च भएको र उनी भारतीय जनता पार्टी सम्बद्ध भएको जनाइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया