Techie IT
Samayabaddha
सोमबार, २६ फागुन, २०८१

युरोपेली बैठकमा इजरायललाई नाकाबन्दी लगाउनेबारे छलफल


युरोपेली संघ(ईयू)ले इजरायलले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)को आदेश पालना नगरे नाकाबन्दी गर्नसक्ने चेतावनी दिएको छ । ईयूका विदेशमन्त्रीहरूको सोमबार ब्रसेल्समा भएको बैठकमा सो सम्बन्धमा छलफल भएको आयरल्यान्डका विदेशमन्त्री मिचेल मार्टिनले जनाएका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै मार्टिनले आईसीसीको आदेशलाई सम्मान गर्नेबारेमा प्रष्ट रूपमा सहमति भएको जनाएका छन् । आईसीसीले गत शुक्रबार इजरायललाई तत्काल मिलिटरी अपरेसन बन्द गर्न आदेश दिएको थियो ।

संयुक्त राष्ट्रसंघको उद्धार सम्बन्धी मुख्य एजेन्सी (यूएनआरडब्लयूए)ले गएको तीन सातामा रफाहबाट करिब १० लाख मानिस विस्थापित भएको जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट