Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

राष्ट्र संघका विज्ञद्वारा इजरायलविरुद्ध प्रतिबन्धित हतियारमा प्रतिबन्ध लगाउन आह्वान


इजरायलले रफाहमा गरेको आक्रमणमा ४५ जनाको मृत्यु भएपछि राष्ट्रसङ्घका विज्ञहरूले निर्णायक अन्तर्राष्ट्रिय कारबाहीका लागि आह्वान गरेका छन् । उनीहरूले इजरायलविरुद्ध तत्काल प्रतिबन्धित हतियार प्रयोगमा प्रतिबन्ध लगाउनसमेत आह्वान गरेका छन् ।

इजरायली आक्रमणले विस्थापितको शिविरमा लक्षित प्रहार गरेपछि कम्तिमा ४५ जनाको मृत्यु हुनुका साथै २०० जना घाइते भएको गाजाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गरी अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ ।

आक्रमणको केही समयपछि इजरायली रक्षा बलले हमासको कार्यालय परिसरलाई निशाना बनाएको र कारबाहीमा हमासका दुई वरिष्ठ अधिकारी मारिएको घोषणा गरेको थियो । इजरायली शहर तेल अभीभमा हमासले गरेको पहिलो रकेट आक्रमणपछि इजरायली आक्रमण भएको हो ।

विशेषज्ञको समूहले रफाहमा भएको आक्रमणको स्वतन्त्र अनुसन्धानका लागि आह्वान पनि गरेको छ ।

मानव अधिकारका लागि संयुक्त राष्ट्रसङघीय उच्चायुक्तको कार्यालयले विज्ञप्ति जारी गर्दै बर्बर आक्रमण अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन भएको उल्लेख गरेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट