Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प ३४ वटै अभियोगमा दोषी ठहर, ४ वर्षसम्म कैद हुन सक्ने


अमेरिकाको न्युयोर्कस्थित एक अदालतले त्यहाँका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई ३४ वटा अभियोगमा दोषी ठहर गरेको छ।

म्यानहटनस्थित अदालतमा बुधबार साढे ९ घण्टा चलेको बहसपछि इजलासले उनलाई फर्जी कारोबारसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो।

यस्तो अपराधमा दोषी ठहर हुनेमा ट्रम्प अमेरिकी इतिहासमा पहिलो पूर्वउपराष्ट्रपति हुन्। उनी फेरि पनि राष्ट्रपतिका लागि चुनावी दौडमा थिए।

यो निर्णय यस्तो समयमा आएको छ, जतिखेर उनको रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनको तयारी भइरहेको छ। आउँदो जुलाई १५ मा राष्ट्रिय सम्मेलन हुँदै छ भने उनलाई सजाय सुनाउका लागि जुलाई ११ को दिन तोकिएको छ।

उनलाई प्रत्येक अपराधमा जरिवानादेखि ४ वर्षको कैद सजायसम्म हुन सक्नेछ।

तर ट्रम्पले भने आफूमाथि अपमान र धाँधली भएको आरोप लगाएका छन्। पत्रकारहरुसामु निकै आक्रोशित मुद्रामा प्रस्तुत भएका उनले न्यायाधीशलाई पनि भ्रष्ट भनेर टिप्पणी गरेका थिए।

ट्रम्पविरुद्धका यी मुद्दा गत अप्रिल १५ देखि चलिरहेका थिए।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट