Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

बिहारमा नितिशको शक्ति कायमै, गठबन्धन फेरेर प्रधानमन्त्री बन्न सुझाव


बिहारमा नितिश कुमारको प्रभाव कायमै देखिएको छ। ४० मध्ये उनको दल जदयु १४ सिटमा अगाडि छ। भाजपा १३ सिटमा अगाडि छ। यी दुवै पार्टी सत्तारुढ एनडीए गठबन्धनका सदस्य हुन्।

विपक्षी गठबन्धन भने यहाँ कमजोर देखिएको छ। इन्डिया गठबन्धनले यहाँ मात्र १३ सिटमा अग्रता लिएको छ।

२०१९ को चुनावमा यहाँका ४० मध्ये ३९ सिट सत्तारुढ एनडीएले जितेको थियो। भाजपाले १७ सिट जित्दा जदयुले १६ सिट हात पारेको थियो।

कंग्रेसले मात्र १ सिटमा चित्त बुझाउनु परेको थियो।

तर, यसपटक बारम्बार गठबन्धन बदलेको नितिशको बदनामीका कारण उनलाई सिट संख्यामा ठूलो क्षति पुग्ने विश्लेषण चुनावअघि गरिएका थिए।

तर, नतिजाले त्यस्तो देखाएको छैन।

उनको पार्टी महत्वपूर्ण शक्तिका रुपमा कायम रहने देखिएको छ। त्यसमाथि भाजपाले एकल बहुमत गुमाउने देखिएपछि सामाजिक सञ्जालमा नितिश कुमार प्रधानमन्त्री बन्न सक्ने ठट्टा चल्न थालेको छ।

कतिपयले सामाजिक सञ्जालमार्फत उनलाई गठबन्धन फेरेर प्रधानमन्त्री बन्न सुझाव दिएका छन्।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट