ट्यांकर समुद्रमा पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता
ओमान नजिकैको समुद्रमा एक आयल ट्यांकर जहाज पल्टिँदा १६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १३ जना भारतीय छन् ।
घटना १५ जुलाईमा भएको थियो । जहाजमा अफ्रिकी देश कोमोरोसको झन्डा लगाइएको थियो । ओमानको समुद्री सुरक्षा केन्द्रले जहाज पल्टिएको जानकारी सोसल मिडिया एक्समार्फत जानकारी गराएको थियो ।
समुद्री सुरक्षा केन्द्रले जहाज पल्टिने सूचना पाउनासाथै खोजी र बचाउको अभियान सुरु गरेको थियो । जहाजको नाम ‘प्रेस्टिज फाल्कन’ भएको जनाइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया