Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

बंगलादेशमा आरक्षण विरोधी प्रदर्शनमा ६ जना विद्यार्थीको मृत्यु भएपछि अनिश्चितकालको लागि शिक्षण संस्था बन्द


बंगलादेशमा जागिरमा आरक्षणको विरुद्धमा भएको प्रदर्शनमा ६ जना विद्यार्थीको  मृत्यु भएको छ । सो घटनापछि देशभरीका सबै विद्यालय र युनिभर्सिटी अनिश्चितकालका लागि बन्द गरिएको छ ।

बंगलादेशमा सरकारी जागिरमा देशको स्वतन्त्रताका लागि लड्ने व्यक्तिका छोराछोरीलाई आरक्षण दिने गरिएको छ । सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएको थियो ।

आलोचकहरुले आरक्षणको यो व्यवस्था बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको समर्थन गर्ने सरकार समर्थक समूहका बालबालिकालाई अनुचित लाभ पुर्‍याउने खालको भएको आरोप लगाएका छन् ।

हसिनाले गएको जनवरी महिनामा लगातार चौथोपटक चुनाव जितेकी थिइन् । उनी बंगलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानकी छोरी हुन् ।

बंगलादेशमा पछिल्ला केही दिनदेखि सरकारी जागिरमा आरक्षणको यो व्यवस्थाको विरुद्ध प्रदर्शन भइरहेको छ ।

यो भन्दा अघि हप्तौं भएको विरोध प्रदर्शनपछि २०१८मा भर्नाको यो व्यवस्थामा रोक लगाइएको थियो । पछिल्लो महिना एक अदालतले आरक्षणलाई फेरि एकपटक बहाल गरेको बीबीसीले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट