एशिया–प्रशान्त क्षेत्रमा विपद्को जोखिम सन् २०३० भित्र ४० प्रतिशतले वृद्धि हुने प्रक्षेपण
काठमाडौं । संयुक्त राष्ट्र सङ्घको विपद् जोखिम न्यूनीकरण कार्यालय (युएनडीआरआर) ले एशिया–प्रशान्त क्षेत्रमा विपद्को जोखिम सन् २०३० सम्म ४० प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । जलवायु परिवर्तन, जोखिम घटाउने काममा भइरहेको ढिलाई, अव्यवस्थित बस्ती तथा संरचना विस्तार लगायतका कारण विपदको जोखिम बढ्ने युएनडीआरआरको निष्कर्ष छ ।
विपद् जोखिम न्यूनीकरणसम्बन्धी एशिया प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा युएनडीआरआरको एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय प्रमुख मार्को टोस्कानो–रिभाल्टाले एशिया–प्रशान्त क्षेत्रमा जोखिम न्यूनीकरणभन्दा पनि जोखिम बढाइरहेको बताए।
अहिलेको प्रक्षेपणले सन् २०१५ मा सेन्डाई फ्रेमवकमा निर्धारण गरिएका विपद् जोखिम न्यूनीकरणको लक्ष्यबाट एशिया –प्रशान्त क्षेत्रका देशहरु टाढा गइरहेको सङ्केत गर्ने उनले बताए । सेन्डाई फ्रेमवर्क विपद् जोखिम न्यूनीकरणका लागि निर्धारण गरिएको विश्वव्यापी प्रतिबद्धता हो । जसको सम्मेलन आउँदो अक्टोबरमा फिलिपिन्सले आयोजना गर्ने छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking
प्रतिक्रिया