युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिन सकिने : जो बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिन सकिने सङ्केत गरेका छन्। बाइडेनले रुसविरुद्धको युद्धमा लामो दूरीसम्म प्रहार गर्न सकिने अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न दिने गरी प्रतिबन्ध फुकुवा गर्ने सङ्केत गरेका बीबीसीले जनाएको छ ।
युक्रेनले अमेरिकाबाट आयात गरिएका लामो दूरीका क्षेप्यास्त्रको प्रयोगमा तोकिएको सीमा खुकुलो पारिदिन वाशिङ्टनलाई आग्रह गर्दै आएको थियो । अमेरिकाले लामो दूरीको अस्त्र प्रयोगमा युक्रेनमाथि लगाइएको प्रतिबन्ध हटाउन लागेको हो भन्ने संवाददाताहरूको प्रश्नमा बाइडेनले आफ्नो प्रशासनले त्यसबारे काम गरिरहेको बताएका खबरमा उल्लेख छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरानले रुसलाई छोरो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्रहरू उपलब्ध गराएको आरोप लगाएपछि बाइडेनको यो टिप्पणी आएको हो ।
अमेरिकी राष्ट्रपति बाइडेनको टिप्पणीलाई लिएर रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यद्दपि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस्तो कामले व्यापक र गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिइसकेका छन् । ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया