Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

दक्षिण कोरियामा एक शताब्दीपछिकै बाक्लो हिमपात


दक्षिण कोरियाको राजधानी सियोलसहितका क्षेत्रमा एक शताब्दीपछिकै बाक्लो हिमपात भइरहेको छ । सियोलमा नोभेम्बरमा सन् १९०७ पछिकै बाक्लो हिमपात भएको बीबीसीले जनाएको छ ।

राजधानीका केही भागमा ४० सेन्टिमिटरसम्म हिउँ जम्मा भएको गृह मन्त्रालयले जनाएको छ । हिजो बुधवार निकै बाक्लो हिउँ परेकोमा आज बिहानैदेखि थप हिमपात शुरू भएको खबरमा उल्लेख छ ।

हिमपातका कारण घर भत्किएर र चिप्लिएर तीन जनाको ज्यान गएको छ । हिजो र आज गरी दुई सय ५० वटा हवाई उडान स्थगित भएका छन् । राजधानी सियोलका धेरै सडक बन्द भएका छन् । कयौं ठाउँमा विद्युत् विच्छेद भएको छ ।

सडक र अत्यावश्यक क्षेत्रबाट हिउँ हटाउन सरकारले ११ हजार जना कर्मचारी र २० हजार वटा उपकरण खटाएको छ । आज रातिदेखि हिमपात रोकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट