Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

इजरायल र लेबनान दुवै पक्षद्वारा युद्धविरामको उल्लङ्घन, आक्रमण तीव्र


इजरायल र लेबनान दुवै पक्षले युद्धविरामको उल्लङ्घन गरेका छन् । इजरायलले हिजो बेलुका लेबनानमा रहेका हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरेको हो । हिजबुल्लाहले सैन्य पोस्टलाई निसाना बनाएर आक्रमण गरेको भन्दै इजरायलले त्यसको बदलामा आक्रमण गरेको बताएको छ ।

दुवै पक्षले एकअर्कालाई गएको हप्ताको युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् । इजरायलको पछिल्लो आक्रमणमा दुई दक्षिणी लेबनानी गाउँहरूमा नौ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

इजरायली रक्षा बल ९आईडीएफ० ले युद्धविराम सम्झौताप्रति आफ्नो प्रतिबद्धता रहेको भन्दै लेबनानभरि विद्रोही समूह हिजबुल्लाहलाई र उनीहरुको पूर्वाधारमा मात्र लक्षित गरेर आक्रमण गरेको दाबी गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह आक्रमणलाई युद्धविरामको गम्भीर उल्लङ्घन भन्दै इजरायलले अझै बलपूर्वक जवाफ दिने बताउनुभएको छ । उहाँले हिजबुल्लाहले युद्धविरामका सर्तहरू तोड्यो भने कडा आक्रमण गर्ने चेतावनी शुरूदेखि दिँदै आउनुभएको छ ।

हिजोको हिंसाले इजरायल र हिजबुल्लाहबीच १३ महिनादेखि भइरहेको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले गएको हप्ता भएको ६० दिनको युद्धविरामको कार्यान्वयनमा कमजोरी देखिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट