Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त


सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त भएका छन् । बसर अल असदलाई सत्ताबाट हटाउन विद्रोही समूहलाई सघाउन महत्त्वपूर्ण भूमिका खेलेका मोहम्मदलाई प्रधानमन्त्रीलाई नियुक्त गरिएको हो ।

एक टेलिभिजन सम्बोधनमा मोहम्मद अल–बशीरले आफू अर्को वर्ष मार्चसम्म पदमा रहन तयार रहेको घोषणा गरेका बीबीसीले जनाएको छ । बशीरले सानो मन्त्रिपरिषद्को नेतृत्व गर्दै सार्वजनिक सेवाहरू पुनः सञ्चालन गर्ने खबरमा उल्लेख छ । उनले अहिले इदलिब प्रान्तको प्रशासनको जिम्मेवारी सम्हालिरहेका छन् ।

केही सरकारी निकायले निजामती कर्मचारी र स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको बेला यो घोषणा भएको हो ।

एलेप्पो, हामा र होम्सपछि विद्रोहीले गएको आइतवार राजधानी दमास्कस कब्जा गरेका थिए । यसपछि विद्रोहीले सिरिया स्वतन्त्र भएको बताएका छन् । देश छोडेर भागेका बशर अल असदलाई रुसले आश्रय दिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट