Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्प दोस्रो पटक टाइम वर्ष व्यक्ति घोषित


टाइम म्यागेजिनका प्रधान सम्पादक साम ज्याकोब्सले ऐतिहासिक राजनीतिक पुनरागमन, विश्वमा अमेरिका र अमेरिकी राष्ट्रपतिको भूमिका परिवर्तनका लागि डोनाल्ड ट्रम्पलाई टाइमको सन् २०२४ को वर्ष व्यक्ति घोषित गरिएको बताएका समाचारसंस्था एएफपीले जनाएको छ ।

यसले ट्रम्पको आश्चर्यजनक राजनीतिक पुनरागमनलाई स्वीकार गरेको छ र उनले नोभेम्बर पाँचको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेका थिए ।

यसवर्ष ट्रम्पलाई व्यापारिक घोटालाको अभियोगमा दोषी ठहर गर्नुको साथै दुई पटक हत्याको प्रयास भयो । तर अन्त्यमा उनी दुवै सदनमा रिपब्लिकन बहुमतका साथ ह्वाइट हाउस फर्कने तयारीमा छन्।

ट्रम्प दोस्रो पटक टाइम वर्ष व्यक्ति बनेका हुन् । यसअघि उहाँ सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएपछि टाइम वर्ष व्यक्ति चयन भएका थिए ।

टाइम म्यागेजिनले हरेक वर्ष विश्वव्यापी घटनाहरूलाई नाटकीय रूपमा आकार दिने व्यक्तिहरूलाई वर्ष व्यक्ति घोषणा गर्ने गर्दै आएको छ ।

वर्ष व्यक्तिको सूचीमा विश्व नेताहरूदेखि सांस्कृतिक क्रान्तिकारीहरू समावेश हुने गरेका छन् । टाइमले सन् १९२७ देखि ‘वर्ष व्यक्ति’ घोषणा गर्न थालेको हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट