Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

राजनीतिक उथलपुथलबीच फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त


पेरिस । फ्रान्समा जारी राजनीतिक उथलपुथलकाबीच राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यमार्गी नेता फ्रांस्वा बाइरुलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

७३ वर्षीय फ्रान्कोइस बाइरु मेयर हुन् र उनी मोडेम पार्टीको नेतृत्व गर्छन्। प्रधानमन्त्रीका रूपमा आफ्नो नाम घोषणा गर्नुअघि उनले इमानुएल म्याक्रोनसँग भेट गरेका थिए । यो भेट करिब दुई घण्टा चलेको थियो ।

हालै फ्रान्सका पूर्वप्रधानमन्त्री मिशेल बार्नियरलाई उनको पदबाट हटाइएको थियो । उनी तीन महिना मात्रै पदमा रहिन् ।

राष्ट्रपति इमानुएल म्याक्रोनले संसदीय निर्वाचन गर्ने घोषणा गरिसकेका छन् । त्यसयता फ्रान्समा राजनीतिक गतिरोध उत्पन्न भएको छ ।

फ्रान्समा बिहीबार गरिएको एक जनमत सर्वेक्षणले पनि ६१ प्रतिशत फ्रान्सेली मतदाता देशको राजनीतिक अस्थिरताप्रति चिन्तित रहेको खुलासा गरेको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट