टर्की दुई पत्रकारको उत्तरी सिरियामा भिडन्तको रिपोर्टिङका क्रममा मृत्यु
इस्तानबुल (टर्की), ५ पुस । टर्कीको कुर्द बहुल दक्षिणपूर्वी क्षेत्रका दुई पत्रकारको उत्तरी सिरियामा अंकारा समर्थित र अमेरिका समर्थित लडाकुबिच भएको भिडन्तको रिपोर्टिङका क्रममा मृत्यु भएको टर्कीको एक पत्रकार सङ्गठन र एक गैरसरकारी संस्थाले शुक्रबार जनाएको छ ।
सिरियाको दोस्रो शहर अलेप्पोबाट करिब १०० किलोमिटर पूर्वमा रहेको टिशरिन बाँध नजिकै बिहीबार भएको विस्फोटमा परी नाजिम दास्तान र सिहान बिलगिनको मृत्यु भएको हो ।
पूर्व शासक बशर अल असदलाई सत्ताच्यूत गरेपछि दशकौँदेखिको दुर्व्यवहार र वर्षौंदेखिको सिरियाली गृहयुद्ध अन्त्य भएको छ तर यसले अल्पसङ्ख्यकका साथै महिलाको अधिकार र अर्धस्वायत्त कुर्द क्षेत्रको भविष्यबारे चिन्ता बढाएको छ ।
पूर्व राष्ट्रपति असद र उहाँका पिताले करिब ५० वर्ष शासन गरेको र हालै अलकायदाको सिरिया शाखामा जरा गाडेको हयात तहरीर अल–शाम ९एचटीएस०ले असदलाई देश छोड्न बाध्य पार्ने आक्रामक आक्रमणको नेतृत्व गरेको थियो ।
सिरियामा रहेका विभिन्न विद्रोही समूहले देशको फरक फरक भूगोलमा रहेर असद सरकारविरूद्ध लडिरेका तर एचटीएसको निर्णायक आन्दोलनका कारण राष्ट्रपतिको पलायनपछि देशमा अन्योलको स्थिति छाएको छ ।
एचटीएसले यसलाई कसरी साम्य पार्छ अझै पर्ख र हेरको रणनीतिमा रहेका क्षेत्रीय सङ्गठनले क्षेत्रीय र राजधानीमा सानो सङ्ख्यामा प्रदर्शन गर्दै आफ्नो उपस्थिति देखाउन थालेका छन् । रासस/एएफपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया