Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

श्रीलङ्काको अर्थतन्त्र साढे ५ प्रतिशतले बढ्ने अनुमान


श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा पाँच दशमलव पाँच प्रतिशतले वृद्धि हुने केन्द्रीय बैङ्कले प्रक्षेपण गरेको छ । श्रीलङ्काको राष्ट्र बैङ्कका अनुसार कृषि गतिविधि तीन प्रतिशत, उद्योग १० दशमलव आठ प्रतिशत र सेवा गतिविधि दुई दशमलव तीन प्रतिशतले बढेको छ ।

अक्टोबर सन् २०२४ मा चिया उत्पादनमा गिरावट भए पनि कुल उत्पादन जनवरी र अक्टोबर बीचमा थोरै वृद्धि भएको छ । रबर उत्पादनले अक्टोबरमा उल्लेखनीय वार्षिक वृद्धि हासिल गर्दै स्थिर सुधार देखाएको केन्द्रीय बैङ्कले जनाएको छ । सन् २०२४ को पहिलो दश महिनामा नरिवलको उत्पादन वर्षैपिच्छे घटेको केन्द्रीय बैङ्कले जनाएको छ ।

गएको वर्ष डिसेम्बर २० सम्ममा अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ १० दशमलव सात प्रतिशतले बढेको केन्द्रीय बैङ्कले जनाएको छ । आर्थिक सङ्कट बढेर टाट पल्टिएको श्रीलङ्का क्रमशस् सुधारको बाटोमा गएको केन्द्रीय बैंकलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट