Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

टर्कीको हतियार बनाउने कारखानामा विस्फोट, कम्तीमा १२ जनाको मृत्यु


टर्कीको हतियार बनाउने कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । टर्किएको उत्तर–पश्चिमी क्षेत्रमा भएको विस्फोटमा परी अन्य चार जना घाइते भएका बीबीसीले जनाएको छ ।

बालिकेसिर शहरका गभर्नर इस्माइल उस्टोउलुले स्थानीय समयअनुसार बिहान ८ बजेर २५ मिनेटमा क्याप्सुल उत्पादन गर्ने क्षेत्रमा विस्फोट भएको बताएका छन् ।

टर्किएका आन्तरिक मन्त्री अली येर्लिकायाले विस्फोटको कारण अझै स्पष्ट नभएको तर अधिकारीहरूले कुनै प्रकारको षड्यन्त्रको आशङ्का गरेका खबरमा उल्लेख छ ।

विस्फोटपछि लागेको आगो निभाउनका लागि धेरै दमकल र स्वास्थ्य तथा सुरक्षा इकाइहरू घटनास्थलमा पठाइएको अधिकारीहरूले बताएका छन् ।

न्यायमन्त्री यिलमाज टुन्चले विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान सुरू गरिएको बताएका छन् ।

अधिकारीहरूले विस्फोटको समयमा भवनभित्र कति जना मानिस थिए भन्नेबारे काम शुरू गरेका खबरमा उल्लेख छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट