ट्रम्पका नव मोनरोवादी अभिव्यक्तिले अमेरिकी अर्थतन्त्र जलाउने आशंका
अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०मा शपथ लिनु अघि नै आफ्नो पुरागमनका धमाकाहरू गरिरहेका छन् । ट्रम्पले उद्योगी व्यवसायीको क्षेत्रमा अर्बपति एलन मस्क र उनका सहयोगी र रिपब्लिकन पार्टीका कट्टर दक्षिणपन्थी सोच राख्नेहरूको पूर्व नियुक्ति गरी राजनीतिक र कूटनीतिकरूपमा सन्देश दिँदै आएका छन् । तर पछिल्लो समय उनले कतिपय गम्भीर प्रकृतिको अभिव्यक्ति सार्वजनिक गरेका छन् ।
निर्वाचन अभियानको क्रममा ट्रम्पले विश्वमा शान्ति ल्याइदिन्छु भनेका थिए । रुस युक्रेन युद्ध चौबीस घन्टा भित्र समाप्त गराइ दिन्छु सम्म भनेका थिए । यसो गर्नुको पछाडि युक्रेनलाई गरिआएको अमेरिकी सैन्य सहयोग बन्द गर्नु रहेको थियो ।
तर उनका पनामा, ग्रीनल्याण्ड, म्याक्सिको र क्यानडालगायतका देशहरू बारेमा सार्वजनिक गरेका अभिव्यक्तिले युद्धको अर्को रूप कुनै विशाल योजनाका लागि गरिरहेको संकेत दिएको छ । अमेरिकी महादेश वा उत्तर अमेरिकी देशहरूमाथि हस्तक्षेप गरी नयाँ अभियान चाल्न खोजेको रूपमा कतिपय विज्ञहरूको बुझाइ रहेको छ ।
डिसेम्बर २५को क्रिसमसको अवसरमा दिएको सन्देशमा पनि ट्रम्पले यस्ता विषय दोह¥याएकाले यसलाई वैश्विकरूपमा गम्भीररूपमा लिइएको छ । युद्धलाई एसियाली क्षेत्रमा पनि बढाउने योजना रहेको पनि यसबाट संकेत मिलेको छ । चीन भारत तथा युरोपेली संघका देशमाथि पनि अतिरिक्त भन्सार महसुलको हतियार उपयोग गर्ने ट्रम्पले खोजेका हुन् ।
अब पनामालाई धम्की दिए । फेरि फिर्ता लिन्छु ।विज्ञहरूले यसलाई उनको नव–मोनरोवादले अमेरिकालाई जलाउन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
नव मानेरोवाद अमेरिकाकै पाँचौँ राष्ट्रपतिको विचारबाट विकसित भएको पदसमूह हो । अमेरिकाको संस्थापक मध्येका एक १८२३ मा, राष्ट्रपति जेम्स मोनरोले एक नीतिको घोषणा गरे जसले युरोपलाई पश्चिमी गोलार्धबाट अलग ग¥यो संक्षेपमा, उनका घोषणाहरूले युरोपेली शक्तिहरूलाई उत्तर, मध्य र दक्षिण अमेरिकामा उपनिवेश हुनबाट जोगाउन खोजेका थिए। गोलार्धको कुनै पनि भागमा यस्तो कुनै पनि प्रयासलाई संयुक्त राज्य अमेरिका तर्फ एक अमैत्री व्यवहार मानिने बुझिन्छ ।
राष्ट्रपति मोनरोका कार्यहरूको लागि सामान्य प्रेरणा अमेरिकी क्रान्तिकारी युगका विचारकहरूसँग मिलेको थियो । यद्यपि यो सिद्धान्तको विशिष्ट उत्पत्ति अलास्कामा बसोबास गरिएको भूमिलाई लिएर संयुक्त राज्य अमेरिका र रूस बीचको विवादबाट आएको हो । त्यो १८२१ द्वन्द्वको बीचमा अमेरिकी विदेश मन्त्री जोन क्विन्सी एडम्सले सिद्धान्त विकास गरे कि युरोपेली राष्ट्रहरूले पश्चिमी गोलार्धमा भूमि दावी गर्ने कुनै कानूनी अधिकार छैन। छोटकरीमा, एक सीमितरूपमा रहेको १९ औं शताब्दीको यो रूसी–अमेरिका द्वन्द्वले २० औं शताब्दीमा चर्किएर राम्ररी चल्ने नीतिको रूपमा जन्मियो । ल्याटिन अमेरिका र अन्य ठाउँमा औपनिवेशिक विरोधी संघर्र्षहरूमा यो बदनाम भयो ।
अहिले पनामा लगायतका देशहरू विरुद्ध ट्रम्पले दिएका अभिव्यक्तिलाई विज्ञहरूले नव मोनरोवादको रूपमा अथ्र्याउन लागेका छन् ।
पनामा प्रतिको ट्रम्पको अभिव्यक्तिबारे गत सोमबार चीनको तर्फबाट जवाफ सार्वजनिक भयो ।
ट्रम्पले पनामा फिर्ता लिने धम्कीको जवाफमा चीनले पानामा नहरमा पनामाको सार्वभौमिकतालाई समर्थन गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पनामा नहर, देशहरू बीचको सम्पर्कको लागि सुनौलो जलमार्ग भएको पानामाका जनताका लागि महान सिर्जना भएको भनिन् । चीनले सधैं पनामाका जनतालाई उनीहरूको सार्वभौमसत्ताको न्यायोचित उद्देश्यमा समर्थन गरेको छ भन्दै प्रवक्ता निङले यो नहर स्थायी रूपमा तटस्थ अन्तर्राष्ट्रिय जलमार्ग हुनुपर्दछ,भनिन् ।
गत हप्ता, अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले नहर संयुक्त राज्य अमेरिकाको किल्ला भन्दै “महत्वपूर्ण राष्ट्रिय सम्पत्ति“ भएको बताए र यसमा अमेरिकी नियन्त्रण पुनः ल्याउने धम्की दिए । पनामेली राष्ट्रपति जोसे राउल मुलिनोले दृढतापूर्वक प्रतिक्रिया दिए । उनले भने “राष्ट्रपतिको रूपमा, म पनामा नहर र यसको छेउछाउको क्षेत्रको प्रत्येक वर्ग मिटर पनामाको हो र यस्तै रहनेछ भनेर स्पष्ट रूपमा व्यक्त गर्न चाहन्छु। हाम्रो देशको सार्वभौमसत्ता र स्वाधीनता सम्झौता गर्न सकिँदैन ।”
उनले अगाडि भने “नहर प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रणमा छैन, न चीनको, न युरोपेली समुदायको, न संयुक्त राज्य अमेरिकाको, न अन्य कुनै शक्तिको । एक पानामेलीको रूपमा, म यस वास्तविकतालाई विकृत गर्ने कुनै पनि अभिव्यक्तिलाई दृढतापूर्वक अस्वीकार गर्दछु ।”
ट्रम्पले पनामाले अमेरिकी जहाजहरूलाई “अत्यधिक मूल्यहरू“ लिने दाबी गरिरहेको विषयमा पनामेली राष्ट्रपति मुलिनोले जवाफ दिएका थिए । उनले भने ‘नहर प्रयोग गर्ने दरहरू सार्वजनिक रूपमा स्थापित हुन्छन्, खुला सुनुवाईमा, बजार अवस्था, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, सञ्चालन लागत र मर्मतसम्भारलाई विचार गर्दै र अन्तरसागरीय मार्गको आधुनिकीकरणको आवश्यकताको आधारमा तय गरिन्छ ।’
अमेरिकी नेतृत्वको सैनिक संगठन नेटोको सदस्य शुल्क र क्यानाडाको सीमा समस्याहरूको बारेमा गुनासोहरू जस्तै यो ट्रम्पको अत्यधिक आक्रामक बयानबाजीको रूपमा लिइन्छ । ट्रम्पले यस्तो भन्नुको पछाडि अमेरिकी आदेशको अनुपालन गर्न अमेरिकी चासो र मागहरू नमान्नेलाई धम्की दिन खोजिएको रूपमा लिइन्छ ।
पनामा नहर प्रशान्त र एट्लान्टिक महासागरलाई जोड्ने नहरहो ।यसलाई समुद्री बजारको रूपमा वर्णन गरिएको छ। पानामाले १९०३ मा कोलम्बियाबाट आफ्नो स्वतन्त्रता प्राप्त ग¥यो र त्यस पछि तथाकथित नहर जोनमा अमेरिकी नियन्त्रण सुनिश्चित गर्न अमेरिकी हस्तक्षेपको लामो लक्ष्य थियो। सेप्टेम्बर १९७७ मा मात्र टोरिजोस कार्टर सन्धिहरू हस्ताक्षर गरिएको थियो, जसले गर्दा डिसेम्बर ३, १९९९ सम्म नहर पानामेलीहरूलाई नियन्त्रणमा फिर्ता हुनेछ भनेर निर्धारण गरेको थियो ।
लगभग चार वर्ष पहिले कतिपय विज्ञहरूले पनामा नहरको विषयमा नयाँ शीतयुद्धको कारण बन्ने औँल्याएका थिए । क्यारिबियनहरूमाझ चिनियाँ उपस्थितिले यस क्षेत्रमा अमेरिकी प्रभुत्वलाई खतरामा पारेकोे र सामान्यतया ल्याटिन अमेरिकामा विस्तार गर्न सक्ने धारणा उनीहरूले औँल्याएक थिए । महाद्वीपमा चिनियाँ कूटनीतिक, व्यापार र सैन्य प्रभाव वास्तवमै अमेरिकी वर्चस्ववादी दृष्टिकोणका लागि चुनौती बनेको भनिएको थियो । अमेरिकाले आफ्नो वर्चस्ववादी नीति कायम राखेको छ भने यो चुनौतीले द्वन्द्वलाई चर्काउने छ । तर यो स्पष्ट रूपमा घटिरहेको देखिन्छ। त्यसैले ट्रम्पको कडा धम्की पनि कमजोरीको संकेत हो भन्ने बुझाइ पनि छ ।
ट्रम्पको चरमशैलीको धम्कीलाई सधैं शाब्दिकरूपमा लिनु हुँदैन् । यसको मूल्यमा अन्तर हुन्छ । त्यसैले ट्रम्पको भनाइलाई मात्र भनाइको रूपमा लिनु हुँदैन। तिनीहरूलाई केवल बयानबाजीको रूपमा खारेज गर्नुपर्छ भन्ने होइन् । राजनीतिमा बोल्नु भनेको दबाब र तनाव बढाउने औजारको रूपमा काम गर्नु हो ।
उदाहरणका लागि नेटो विरुद्ध ट्रम्पको धम्की लिऔँ यदि शाब्दिकरूपमा लिइयो भने, उन्मादपूर्ण हो । तर पश्चिमवादी अडानका लागि तिनीहरूले पृथकतावाद लेख्छन् र यसरी गठबन्धनको अन्त्य र युरोपको लागि समस्या एक सर्वनाश परिदृश्यमा लिइन्छ । जहाँ साम्राज्यवाद विरोधी अडान राख्नेहरूका लागि तिनीहरू नयाँ शान्तिपूर्ण बहुध्रुवीय नाटो–मुक्त संसारको प्रतिज्ञा हुन्छ । यो युरोपेली साझेदारहरूमा नेटोको भारी थप सार्नु र युरोपेली ब्लकलाई पूर्ण अमेरिकी छद्म वा प्रोक्सीमा परिणत गरेर रूसको विरूद्ध अमेरिकी प्रोक्सी युद्धलाई थप विस्तार गर्नु हो ।
ट्रम्पको नव–मोनरोइज्मको सन्दर्भमा पनि यस्तै हुन्छ। अमेरिकी महाद्वीपमा ध्यान केन्द्रित गर्नको लागि ठूला वैश्विक भूराजनीतिक चालमातबाट पछि हट्नुको सट्टा; यो सम्भवतः अमेरिकामा महाशक्तिको प्रतिस्पर्धालाई घरमा ल्याउने र यसरी ल्याटिन अमेरिकालाई यस भूराजनीतिक विवादको लागि मञ्च बनाउने बारे हुन सक्ने बुझाइ पनि हो ।
अर्को शब्दमा भन्नुपर्दा यो महादेशमा क्षेत्रीय रूपमा शक्ति प्रक्षेपण गर्ने वा एट्लान्टिक र प्यासिफिकमा संलग्न हुने बारे होइन । सबै सम्भावनाहरूमा यो एक वा अर्कोको सट्टा एक जोड अर्को हुनेछ । ग्रीनल्याण्ड विरुद्ध ट्रम्पको धम्कीले यसलाई स्पष्ट रूपमा दर्शाउँछ । मेक्सिकोको लागि ट्रम्पको हस्तक्षेप योजनाहरूका साथै क्यानडा र पानामा विरुद्धको मौखिक आक्रमणहरूबाट यो एकदम स्पष्ट छ कि उदाहरणका लागि ट्रम्प युक्रेनको लागि शान्ति योजनाको बारेमा छलफल गर्न अलि बढी इच्छुक भए तापनि उनको राष्ट्रपतिको अवधिमा संयुक्त राज्य अमेरिका रहनेछ। क्षेत्रीय र विश्वव्यापी रूपमा तनाव बढाउनको लागि एक केन्द्र बिन्दुको रूपमा जसरी पछिल्ला दशकहरूमा ट्रम्पका सबै पूर्ववर्तीहरूसँग भएका देखिएका व्यवहारहरू जस्तै । जसले अन्ततः अमेरिकी वर्चस्ववादी दृष्टिकोणले उसको अर्थतन्त्रलाई खरानी बनाउने डढेलोलाई दन्काउनेछ ।
किनभने यो सन् २०००तिर एकल वेगवान अमेरिकाको अश्वेमेघी रथ सन् २०२५ आउँदा आउँदै जालमा परिसकेको छ । उदीयमान देशहरूको समूह ब्रिक्स झन् बलियो भएर आएको छ । अन्धधुन्ध आगो झोस्ने कतै आफ्नो पनि घर होला भनी त हेक्का राख्नै पर्ने छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया