श्रीलंकामा २१ किलो सुनसहित तीन जना पक्राउ
कोलम्बो, २० पुस । श्रीलङ्काको नौसेनाले डुङ्गामा राखी देश बाहिर सुन तस्करी गरिरहेको अवस्थामा शनिबार ११ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । उत्तरपश्चिमी प्रान्तको कल्पितिया नजिकैको समुन्द्रमा उनीहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ ।
उक्त सुन र शङ्कास्पद व्यक्तिलाई कानुनी कारवाहीका लागि कटुनायकेस्थित भन्सार कार्यालयमा बुझाइएको नौसेनाले जनाएको छ । अवैध गतिविधिको निगरानी गर्न नौसेनाले टापु वरपरका तटीय र समुद्री क्षेत्रमा नियमित खोजी अभियान र गस्ती गर्नेक्रममा तस्करी गर्न लागिएको उक्त सुन भेटिएको हो । रासस, सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया