भारतीय तटरक्षक गार्डको हेलिकोप्टर दुर्घटना हुँदा सबैको मृत्यु
नयाँदिल्ली, २२ पुस । भारतको गुजरात राज्यमा भारतीय तटरक्षक गार्डको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोरबन्दर विमानस्थलमा नियमित प्रशिक्षणको क्रममा प्राविधिक समस्याका कारण एडभान्स लाइट हेलिकोप्टर दुर्घटना भएको हो ।
हेलिकोप्टर दुर्घटनामा परेर आगो लागेपछि दुई पाइलटसहित चालक दलका तीन सदस्यको जलेको अवस्थामा तत्काल अस्पताल लगिएको थियो । दुर्घटनामा चालक दलका तीनै सदस्यले ज्यान गुमाएका छन् ।
दुर्घटना आइतबार दिउँसो १२ः१० बजे भएको थियो । भारतीय प्रहरी र कोस्ट गार्डका अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया