Techie IT
Samayabaddha
मंगलबार, ८ माघ, २०८१

अमेरिकालाई विश्व स्वास्थ्य सङ्गठनबाट बाहिर निकाल्ने आदेशमा राष्ट्रपति ट्रम्पको हस्ताक्षर


वाशिङ्गटन (अमेरिका), ८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसले संयुक्त राज्य अमेरिकालाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) बाट बाहिर निस्कन अनुमति दिनेछ ।

ह्वाइट हाउसद्वारा प्रकाशित कार्यकारी आदेशको पाठअनुसार यो डब्ल्युएचओबाट बाहिर निस्कने ट्रम्पको दोस्रो प्रयास थियो । किनकि २०२० मा पहिलो प्रयास डेमोक्र्याट जो बाइडेनसँग राष्ट्रपति चुनाव हारेपछि सफल हुन सकेको थिएन । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट