Techie IT
Samayabaddha
शुक्रबार, ११ माघ, २०८१

नाइजेरियाली सेनाले विद्रोही लडाकु समूहका २५ जनालाई मार्यो


अबुजा, ११ माघ । नाइजेरियाली सेनाले कुख्यात विद्रोही लडाकु समूह बेलो टुर्जीको नेतृत्वमा रहेको गिरोहका कम्तीमा २५ जनालाई मारेको जनाएको छ ।

नाइजेरियाली सेनाका प्रवक्ता एडवर्ड बुबाले सोमबारदेखि मङ्गलबार उत्तरपश्चिमी राज्यहरू सोकोटो र जाम्फारामा रहेका विद्रोही लडाकु समूहको शिविरमा सेनाले आक्रमण गर्दा तुर्जीको सेकेन्ड–इन–कमान्ड अमिनु कानावा र अन्य आठ जना कमाण्डरहरू मारिएका थिए ।

बुबाले कानवा र दर्जनौं अन्यको हत्यापछि तुर्जीको शिविर अस्तव्यस्त भएको बताए । बुबाले भने,“लडाकुहरूको मृत्यु नाइजेरियाको उत्तरपश्चिमी भागमा महत्त्वपूर्ण धक्का थियो । लडाकुहरूको यो समूहले यस क्षेत्रभरि धेरै अपहरण र आतङ्कवादी आक्रमणहरूको लागि जिम्मेवार थियो ।” रासस, सिन्ह्वा


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट