अमेरिकाको क्यालिफोर्नियामा नयाँ क्षेत्रमा आगलागी, २ वटा विश्वविद्यालय तत्काल खाली गर्न निर्देशन
अमेरिकाको क्यालिफोर्नियामा नयाँ ठाउँमा डढेलो फैलिएको छ । भेन्टुरा काउन्टीमा हिजो बिहान शुरू भएको डढेलोको प्रकोपका कारण क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्यान्ड्सले आफ्नो परिसर तत्काल खाली गर्न आदेश दिएको छ ।
स्थानीय प्रशासनले पनि क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्यान्ड्स र युनिभर्सिटी ग्लेनलाई खाली गर्न आदेश जारी गरेको छ । भेन्टुरा काउन्टी स्टार पत्रिकाका अनुसार क्यामरिलो समुदाय र विश्वविद्यालय परिसरको पश्चिममा रहेको पहाडमा डढेलो फैलिएको हो ।
५० एकडमा फैलिएको डढेलो निभाउन हेलिकोप्टरबाट प्रयास भइरहेको छ । जमिन र आकाश दुवै ठाउँबाट डढेलो निभाउने प्रयास भइरहे पनि सफल नभएको भेन्टुरा काउन्टीको अग्नि नियन्त्रण कार्यालयले जनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया