Techie IT
Samayabaddha
बिहीबार, १७ माघ, २०८१

बङ्गलादेशमा शेख हसिनाको पार्टीद्वारा आमहड्ताल र नाकाबन्दीको आह्वान


ढाका । बङ्गलादेशबाट पलायन भएकी पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले शेख हसिनाविरुद्ध लगाइएका ‘झुटा मुद्दा’ र देशमा धार्मिक अल्पसङ्ख्यकमाथि भइरहेको उत्पीडनको विरोधमा आमहडताल र राष्ट्रव्यापी नाकाबन्दीलगायत राजनीतिक कार्यक्रमको घोषणा गरेको छ । पार्टीले मङ्गलबार राति एक विज्ञप्ति जारी यस्तो जनाएको हो ।

आफ्नो आगामी आन्दोलनको कार्यक्रम र मागको खाका प्रस्तुत गर्दै यदि अधिकारीहरूले उनीहरूको गतिविधिमा बाधा पु-याउने प्रयास गरेमा कडा कदम चाल्ने बताएको छ । पार्टीले जारी गरेको विज्ञप्ति अनुसार कार्यक्रमहरू निम्नानुसार सञ्चालन गरिनेछ । शनिबार (फेब्रुअरी १) देखि बुधवार (फेब्रुअरी ५) सम्म पार्टी सदस्यहरूले पर्चाहरू वितरण गर्नेछन् भने बिहीबार (फेब्रुअरी ६) मा विरोध प्रदर्शन र जुलुस निकालिनेछ । फेब्रुअरी १० मा दोस्रो विरोध प्रदर्शन तथा जुलुश गर्ने र फेब्रुअरी १६ मा पार्टीले देशव्यापी नाकावन्दी गर्नेछ; र फेब्रुअरी १८ मा बिहानैदेखि साँझसम्म आम हडताल गरिनेछ ।

आन्दोलनका कार्यक्रममा पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर गरिएको ‘झूट्टा हत्या मुद्दा’, र ‘अवैध आईसीटी न्यायाधिकरणलगायत सबै प्रकारका गैरकानुनी’ मुद्दाहरू खारेज गर्न भनिएको छ । यसबाहेक, अवामी लिगले विशेष गरी “हिन्दू–बौद्ध–इसाईहरू सहित धार्मिक अल्पसंख्यकहरूको आक्रमण र नरसंहार र विभिन्न धार्मिक तीर्थस्थलहरूमा आक्रमण र तोडफोड“ लाई सङ्केत गर्दै आफ्नो आन्दोलनलाई बङ्गलादेशमा धार्मिक अल्पसङ्ख्यकहरूको हिंसा र उत्पीडनको प्रतिक्रियाको रूपमा तयार पारेको बताएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट