Techie IT
Samayabaddha
आईतबार, २० माघ, २०८१

अस्ट्रेलियामा बाढीका कारण हजारौं जनाले घर छाडेर भागे


अस्ट्रेलियामा बाढीका कारण हजारौं जनाले घर छाडेर भागेका छन् ।

उत्तरी क्वीन्सल्यान्डमा भीषण वर्षाका कारण बाढी आएपछि एक जना महिलाको ज्यान गएको र हजारौं जना घरबार छाडेर भाग्न बाध्य भएका बीबीसीले जनाएको छ । अधिकारीहरूले बाढीको पानी घरको दोस्रो तलासम्म पुग्नसक्ने चेतावनी पनि दिएका छन् ।

गएको २४ घण्टामा उत्तरी क्वीन्सल्यान्डका केही भागहरूमा ७ सय मिलिमिटरभन्दा धेरै वर्षा भएको र भोलिसम्म वर्षा भइरहने स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

मौसमविद्हरूले क्वीन्सल्यान्ड क्षेत्रमा ६० वर्षयताकै सबैभन्दा ठूलो बाढी आउने सक्ने चेतावनी दिएका छन् । टाउन्सभिल शहरमा बसोवास गर्ने हजारौं मानिसलाई दिउँसो नै घर छाड्न आदेश जारी भएको थियो ।

सरकारी कर्मचारीले बाढीलाई रोक्नका लागि बालुवाले भरिएका १ लाख वटा बोरा तयार पारेका छन् ।  बाढीका कारण टाउन्सभिल र केन्र्सको पर्यटक केन्द्रबीचको सडकको केही भाग काटिएको र उद्धार टोलीहरूले यस क्षेत्रमा बालुवाले भरिएको बोरा ल्याउने प्रयासमा बाधा पुगेको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट