Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

गाजा क्षेत्रमा अमेरिकी सेना पठाएर कब्जा गर्छु : ट्रम्प


एजेन्सी, २३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र कब्जा गर्ने भनेर दिएको अभिव्यक्तिले पश्चिम एसियामा तरङ्ग पैदा भएको छ । मंगलबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्रीसितको एक संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले आवश्यक परे गाजा क्षेत्र कब्जा गर्ने बताएका थिए । गाजा क्षेत्रमा आफ्ना सेना प्रवेश गराउने उनको भनाइ थियो ।

उनका अनुसार, गाजा क्षेत्रमा अमेरिकी सैनिकको उपस्थितिको अर्थ ‘लङ्ग टर्म ओनरसिप पोजिसन’ हो । यसको अर्थ, अमेरिकाले लामो समयसम्म गाजा क्षेत्रलाई आफ्नो कब्जामा राख्न सक्छ । यसो हुँदा मध्यपूर्वमा स्थिरता र शान्ति स्थापना हुने ट्रम्पको दाबी छ । ‘गाजा क्षेत्रमा रहेका बम र हतियार हाम्रो उपस्थितिपछि नष्ट गरिनेछ’, उनले भनेका छन् ।

यता, गाजा क्षेत्रमा शासन गरिरहेको प्यालेस्टाइनी लडाकु समूह हमासले ट्रम्पको अभिव्यक्तिलाई हास्यास्पद भनेको छ । हमासका अधिकारी सामी अबू जुहरीले अभिव्यक्ति बेतुकको रहेको बताएका हुन् ।

जुहरीले समाचार संस्था रोयटर्ससँग भनेका छन्, ‘गाजाबारे ट्रम्पले जे भनेका छन्, त्यो हास्यास्पद र बेतुकको कुरा हो । यस खालको कुनै पनि विचारले अशान्ति फैलाउनेछ ।’

हाललाई गाजा क्षेत्रमा हमास र इजरायलबीचको युद्ध रोकिएको अवस्था छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट