Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

युक्रेन कुनै दिन रुसी भाग हुनसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ बताएका छन् ।

पछिल्लो समय विभिन्न देश आफै किन्ने घोषणा गरेर आलोचित भइरहनुभएका ट्रम्पले युक्रेन कुनै दिन रुसको बन्न सक्ने बताएका हुन् ।

रुससँगको तीन वर्ष लामो युद्धको अन्त्यका लागि दबाब दिँदै ट्रम्पले भनेका छन्, ‘उनीहरूले सम्झौता गर्न सक्छन्, उनीहरूले सम्झौता नगर्न पनि सक्छन् । उनीहरू कुनै दिन रुसी हुन सक्छन् वा नहुन पनि सक्छन्’ ।

ट्रम्पले अब लामो समय अमेरिकाले युक्रेनको लागि सहयोग जारी राख्न नसक्नेतर्फ पनि सङ्केत गरेका छन् ।

युक्रेनका प्राकृतिक स्रोतहरू र दुर्लभ खनिजहरूका लागि व्यापारको सुझाव दिँदै उनले युक्रेनलाई दिइएको अमेरिकी सहयोगमा लगानी फिर्ताको कुरामा जोड दिएका छन् ।

आफूहरुले युक्रेनमा गरिरहेको लगानीको प्रतिफल त्यहाँका खनिजबाट पूर्ति गर्न सक्ने ट्रम्पको भनाइ छ ।

ट्रम्पले चाँडै युक्रेनमा आफ्ना विशेष दूत किथ केलोगलाई पठाउने पुष्टि गरे । केलोगलाई लडाइँ रोक्नका लागि प्रस्ताव तयार गर्ने काम दिइएको छ ।

अमेरिकाले अब युक्रेनलाई नेटोको सदस्यता दिन नहुने र अहिलेसम्म रुसले कब्जा गरेको युक्रेनी भूभागलाई रुसकै मान्नेगरी युद्ध अन्त्य गराउने तयारी गरिरहेको छ । तर यस्ता सम्झौताले नमान्ने युक्रेनको सङ्केत छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट