उत्तर कोरियाले रुसलाई लामो दूरीको दुई सय तोपखाना दियो

काठमाडौँ । उत्तर कोरियाले रुसलाई लामो दूरीको दुई सय तोपखाना दिएको जनाइएको छ ।
मस्को र प्योङयाङबीच सैन्य सम्बन्ध गहिरिँदै जाँदा उत्तर कोरियाले रुसलाई लामो दूरीको दुई सय तोपखाना दिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।
ती अधिकारीका अनुसार उत्तर कोरियाले मस्कोलाई ‘करिब ११ हजार सैनिक, क्षेप्यास्त्र, दुई सय थान लामो दूरीको तोपखाना र ठूलो मात्रामा गोलाबारुद’ दिएको छ । उत्तर कोरियाले आगामी दिनमा अतिरिक्त सेना, हतियार र गोलाबारुद आपूर्ति गर्न सक्ने जनाइएको छ ।
दक्षिण कोरिया, युक्रेन र अमेरिकाले उत्तर कोरियाले गत वर्ष युक्रेनविरुद्धको युद्धमा रुसलाई १० हजारभन्दा बढी सैनिक पठाएको बताएका छन् ।
युक्रेनले पहिले नै कुस्र्कमा केही उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको वा मारिएको बताएको थियो ।
मस्को र प्योङयाङ दुवैले यो तैनाथीको पुष्टि गरेका छैनन् । तथापि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष आणविक हातहतियार सम्पन्न मानिएको उत्तर कोरियाको दुर्लभ भ्रमण गर्दा दुई देशले पारस्परिक रक्षा खण्डसहितको सम्झौतामा हस्ताक्षर गरेका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया