चीनद्वारा प्रविधिको ‘राजनीतीकरण’ नगर्न भन्दै अमेरिकी उपराष्ट्रपतिको टिप्पणीको विरोध

काठमाडौँ । चीनले अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘अधिनायकवादी शासनहरू’ ले नागरिकहरूमाथि बढ्दो नियन्त्रणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न खोजिरहेको चेतावनी दिएको अभिव्यक्तिको विरोध गरेको छ ।
चीनले बुधबार प्रविधि र व्यापारसँग सम्बन्धित मुद्दाहरूको ‘राजनीतिकरण’ को विरोध गरेको जनाइएको छ । विश्व नेताहरू यस हप्ता पेरिसमा एआई शिखर सम्मेलनका लागि भेला भएका थिए । सम्मेलनमा दर्जनौँ राष्ट्रले प्रविधिलाई ‘खुला’ र ‘नैतिक’ बनाउन कडा नियमन गर्न आह्वान गर्दै एक वक्तव्यमा हस्ताक्षर गरेका थिए । तर बेलायतसँगै बढ्दो महत्वपूर्ण क्षेत्रमा प्रभुत्व जमाएको संयुक्त राज्य अमेरिकाले त्यो घोषणापत्रमा हस्ताक्षर गरेन ।
चीनलाई लक्षित गर्दै भान्सले एआईमा ‘अधिनायकवादी शासनहरू’ सँगको सहकार्य विरुद्ध सचेत गराउँदै भने , “उनीहरूसँग साझेदारी गर्नु भनेको तपाईंको राष्ट्रलाई एउटा अधिनायकवादी मालिकसँग बाँध्नु हो जसले तपाईंको सूचना पूर्वाधारमा घुसपैठ गर्न, जम्न र कब्जा गर्न खोज्छ ।”
बेइजिङमा बुधबार नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयले यस्तो विरोध जनाएको हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया